Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

राष्ट्रिय सभा बैठक बस्दै, अध्यादेश छैन कार्यसूचीमा

राष्ट्रिय सभा बैठक बस्दै, अध्यादेश छैन कार्यसूचीमा

सोमवार , माघ २८, २०८१

काठमाडौं । संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ । दिँउसो सवा १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै मन्त्री गुरूङले मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा पनि अध्यादेश कार्यसूचीमा राखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077