Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

जसपाको केन्द्रीय समिति बैठकको समय परिवर्तन

जसपाको केन्द्रीय समिति बैठकको समय परिवर्तन

सोमवार , माघ २८, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन गरिएको छ ।

यसअघिको समय परिवर्तन गरी आगामी फागुन १८, १९ र २० गते काठमाडौँमा बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो ।

बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ुजनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानु को समीक्षा हुने बताइएको छ।

बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने छन्।

त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077