Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

काठमाडौंका मेयर बालेन साह हिटलर बने : अमरेशकुमार सिंह

काठमाडौंका मेयर बालेन साह हिटलर बने : अमरेशकुमार सिंह

सोमवार , माघ २८, २०८१

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह कबाडी व्यवसायीमाथि हिटलरको शैलीमा प्रस्तुत भएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सिंहले मेयर साहलले कबाडी व्यवसायीमाथि ज्यादती गरेको बताए ।

उनले भने–‘हामी २०७२ को गणतान्त्रिक संविधानमा छौं। काठमाडौं सातै प्रदेशको राजधानी हो र सम्पूर्ण नेपालीको राजधानी हो। जसरी जर्मनीमा नाजीवादको उदय भएको थियो।इलेक्टेड शासक हिटलरबाट। त्यस्तै हिटलरको शैलीमा काठमाडौंका मेयर बालेन शाहले हिजो २७ गते कबाडीमाथि डोजर चलाए। ती गरिब, मजदुर थिए। तिनलाई घाइते बनाइयो। ती मजदुरमा मधेसी पनि छन्, मुस्लिम पनि छन्, दलित पनि छ, सबै गरिब तप्काका छन् ।’

कबाडी व्यवसायीमाथि धरपकड गर्दा बसन्त नेपाली घाइते भएको र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको उनले बताए। त्यस्तै रौतहटका हरिष अन्सारी र हतिष देवानी, सर्लाहीका रञ्जन रौनियार घाइते भएको उनले बताए।

उनले भने–‘यिनीहरू कोही शासक छैनन्, जो घाइते भएका छन्। म बालेन शाहलाई चुनौती दिन्छु, हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ। हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ। हिम्मत छ भने रामशाह पथको सर्वोच्च अदालत भत्काएर देखाऊ। हिम्मत छ भने बालुवाटार र शीतल निवासको राष्ट्रपति भवन भत्काएर देखाऊ। यो नाजीवादको शैली काठमाडौंको मेयरको चल्दैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077