Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

प्रधानमन्त्रीलाई माओवादी सांसदको ‘काउन्टर’ : संसदभित्रै महान् जनयुद्ध जिन्दाबाद ! भन्दै लाग्यो नारा

प्रधानमन्त्रीलाई माओवादी सांसदको ‘काउन्टर’ : संसदभित्रै महान् जनयुद्ध जिन्दाबाद ! भन्दै लाग्यो नारा

सोमवार , माघ २८, २०८१

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद ज्ञानु बस्नेत सुवेदीले प्रतिनिधि सभा बैठकमै ‘जनयुद्ध जिन्दाबाद’ भन्दै नारा लगाएकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले प्रधानमन्त्री ओलीले जनयुद्धलाई हिंसा भनेर पश्चगामी बहस सुरु गरेको पनि बताइन् ।

उनले भनिन्–‘जनयुद्ध दिवस आउन ३ दिन बाँकी रहेको समयमा प्रधानमन्त्रीबाट बिनाप्रसंग हिंसा भनेको सुन्नु परेको छ । संसदमा पनि हिंसाको सुगा रटाइ गरिरहेका छन् । अहिले आएर जनयुद्धलाई हिंसा भनिएकोमा खेद व्यक्त गर्छु । भनिरहने छु, महान् जनयुद्ध जिन्दाबाद, जिन्दाबाद । लाल सलाम ।’

प्रजातन्त्र दिवसका बारेमा निर्णय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आइतबार भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरू छन् भन्दै व्यङ्ग्य गरेका थिए ।

प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भनेका थिए–‘मुलुकका लागि यो सबैभन्दा ठूलो परिवर्तन ल्याउने दिने हो। यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरू छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरू छँदैछन्। प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन। यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077