Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सांसद खतिवडाको नयाँ ‘आइडिया’ - बाँदर बेचेर राजश्व संकलन

सांसद खतिवडाको नयाँ ‘आइडिया’ - बाँदर बेचेर राजश्व संकलन

सोमवार , माघ २८, २०८१

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले श्रीलंकाले जस्तै नेपालले पनि चीनलाई बाँदर बेचेर राजश्व संकलन गर्न सकिने सकिने बताएका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले नेपालमा बाँदरलाई हानिकारक जन्तुका रूपमा राखेसँगै बेच्ने व्यवस्था भएको छ कि छैन भनेर सरकारलाई सोधे ।

बाँदरले देशभरि आतङ्क सिर्जना गरेको बताउँदै उनले भने–‘श्रीलङ्काले चाइनालाई बाँदर बेचेर राजश्व पनि कमाउने र हानिकारक बाँदर पनि बेच्ने काम गर्‍यो ।, नेपालमा पनि बाँदरलाई हानिकारक जन्तु घोषणा गरेसँगै चीनतिर बेच्ने व्यवस्था गरेको छ कि छैन ? यसतर्फ के पहल भइरहेको छ ?’

पहाडी क्षेत्रमा मानिसहरू बाँदर आतङ्कका कारण बस्नै नसक्ने भएको बताका उनले बाँदरकै कारण पहाडी बस्ती खाली भएकोले विकल्प खोज्नु पर्ने धारणा राखे ।

वनमन्त्री ऐनबहादुर शाहीलाई प्रश्न सोध्ने क्रममा सांसद खतिवडाले नेपालका बाँदरलाई हानिकार जन्तु घोषणा गरेसँगै चीनलाई बेच्ने व्यवस्थाबारे जिज्ञासा राखेका हुन् ।

अन्य सांसदले पनि पहाडको बस्ती नै खाली गर्नेगरी भइरहेको बाँदर आतंकको समाधानबारे सरकारसँग प्रश्न सोधेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077