Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

अब पनि चुनावमा गठबन्धन गरौं भन्ने गर्छन् भने त्यो ब्यक्ति कांग्रेसमा रहँदैन : गगन थापा

अब पनि चुनावमा गठबन्धन गरौं भन्ने गर्छन् भने त्यो ब्यक्ति कांग्रेसमा रहँदैन : गगन थापा

सोमवार , माघ २८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को चुनावमा गठबन्धन गरौं भन्ने व्यक्ति पार्टीमा नरहने बताएका छन् । चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब चुनावी गठबन्धन गरौं भन्ने आँट पार्टीमा कसैले नराख्ने बताए ।

उनले भने–‘कुनै बेला म एक्लै थिएँ । २०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ, त्यो कांग्रेस रहँदैन । हिजो यसको लागि लडेको, सकेनौं। अब सिंगो पार्टी आयो ।’

महामन्त्री थापाले निर्वाचन आयोगले छलफल चलाइरहेको १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने प्रस्तावलाई समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077