अछाम । नेकपा (माओवादी केन्द्र) चौरपाटी गाउँपालिकाको अध्यक्षमा पुर्ण बहादुर साउद (राकेश) चयन भएका छन् । सोमबार गाउपालिकाको तेस्रो अधिवेशनबाट उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।
यस्तै उपाध्यक्षमा टेक बहादुर थापा, रतन देवकर (आवाज) र गणेश बहादुर साउद (बर्तमान) निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा जगत बहादुर बिक, सहसचिवमा दिर्घ बहादुर साउद र कोषाध्यक्षमा मिना परियार चयन भएका छन् ।
पुर्ण बहादुरको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरिएको बताइएको छ । माओवादी केन्द्र चौरपाटी गाउँपालिकाको तेस्रो अधिवेशनले स्थानीय तहमा राजनीतिक गतिशीलता थप्ने विश्वास गरिएको छ ।
अधिवेशनमा उपस्थित नेता तथा कार्यकर्ताहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन् ।