Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

अत्तरियामा स्थापना भयो मातृभूमि जागरण अभियानको सम्पर्क कार्यालय

अत्तरियामा स्थापना भयो मातृभूमि जागरण अभियानको सम्पर्क कार्यालय

सोमवार , माघ २८, २०८१

कैलाली । पूर्वप्रधानमन्त्री भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानको अत्तरियामा सम्पर्क कार्यालय स्थापना गरिएको छ । सोमबार अत्तरियाको रिङ्गरोडमा सम्पर्क कार्यालयको स्थापना गरिएको हो ।

कार्यालयको एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री समेत रहेका कृष्ण राज सुवेदीले उद्घाटन गरेका थिए ।

अभियानका गतिविधि सञ्चालन गर्न र अभियानमा जोडिनेसँग संवाद गर्न कार्यालय स्थापना गरिएको बताइएको छ ।

नेकपा एमालेबाट निष्कासित भए पछि मातृभूमि जागरण अभियान सञ्चालन गरेका रावल अहिले देश दौडाहामा छन् । सोही क्रममा विभिन्न ठाउँमा कमिटी गठन भइरहेका बेला अत्तरियामा सम्पर्क कार्यालय स्थापना भएको हो ।

डा. रावल शनिबार धनगढीमा जागरण भेला गरेर फेरि पहाडी जिल्ला उक्लिएका छन् । उनी सोमबार दार्चुला पुगेका छन् । उनी बैतडी लगायतका जिल्लामा छलफल गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077