काठमाडौं । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारितसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित भएको हो ।
त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले विधेयकमा भएका व्यवस्थाहरूको कार्यान्वयनबाट चल सम्पत्तिको धितोमा हुने कारोबार सुरक्षित र व्यवस्थित भइ चल सम्पत्ति उपरको दायित्व परिपालना हुने विश्वास व्यक्त गरे ।
त्यस्तै चल सम्पत्तिको धितोमा हुने आर्थिक क्रियाकलाप बढोत्तरी हुने अपेक्षा लिइएको उनले बताए। उनले विधेयकमा भएका व्यवस्थालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे।