Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

छवि जेल चलान भएपछि महेश बस्नेतको टिप्पणी - एउटै प्रकृतिको ठगीमा विभेदपूर्ण फैसला

छवि जेल चलान भएपछि महेश बस्नेतको टिप्पणी - एउटै प्रकृतिको ठगीमा विभेदपूर्ण फैसला

मंगलवार , माघ २९, २०८१

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एउटै सहकारी एउटै प्रकृतिको ठगीमा छविलाल जोशी र रवि लामिछानेको बारेमा विभेदपूर्ण फैसला आएको टिप्पणी गरेका छन् ।

सोमबार राति सामाजिक सञ्जालमा लेख्दै उनले रास्वपा सभापति रविलाई धरौटीमा छोड्ने आदेश दिइरहँदा छविलाई पुर्पक्षमा पठाउने आदेश आएको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, 'सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएछ। एउटै सहकारी एउटै प्रकृतिको ठगीमा छविलाल जोसी र रवि लामिछानेको बारेमा विभेदपूर्ण फैसला आएको छ। रविलाई धरौटीमा छोड्ने आदेश दिइरहँदा छविलाई पूर्पक्षमा पठाउने आदेश आएको छ।'

उक्त फैसलाले रविको आदेशमा न्यायाधीशहरूले राम्रै दबाबको सामना गर्नुपरेको देखाएको उनले बताए। ुयसबाट के बुझ्न सकिन्छ भने रविजीको आदेशमा न्यायाधीशज्यूहरूले राम्रै दबाब सामना गर्नुपरेको रहेछ,ु उनले भने।

यस्तै जिल्ला अदालतले भन्दा उच्च र सर्वोच्चले दबाबको सामना गर्ने हिम्मत गर्दै यो विभेदपूर्ण फैसलालाई उच्चले सच्याउँदै सहकारीका ठगहरूलाई कठघरामा उभ्याउने र पीडितहरूलाई रकम फिर्ता गरेर न्याय दिलाउने अपेक्षा समेत उनले गरेका छन्।

उनले भने, 'स्वाभाविकै जिल्ला अदालतले भन्दा उच्च र सर्वोच्चले दबाबको सामना गर्ने हिम्मत गर्छ। तसर्थ यो विभेदपूर्ण फैसलालाई उच्चले सच्याउने छ। सहकारीका ठगहरूलाई कठघरामा उभ्याउने छ र पीडितहरूलाई रकम फिर्ता गरेर न्याय दिलाउनेछ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077