Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम सरकारको होइन : महामन्त्री शर्मा

सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम सरकारको होइन : महामन्त्री शर्मा

बुधवार , माघ ३०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको नभएको बताएका छन्।

सामाजिक सञ्जाल विधेयकका विषयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले उक्त कुरा बताएका हुन् ।

उनले सरकारले सामाजिक सञ्जालको सही प्रयोग भएको छ छैन भन्नेमा ध्यान दिनुपर्ने बताए।

महामन्त्री शर्माले विधेयकमा रहेको केहि दफाहरूमा आफूहरूको आपत्ति रहेकाले यसलाई जस्ताको त्यस्तै अघि बढाउन नहुने बताए ।

उनले सामाजिक सञ्जाल विधेयक, २०८१ मा प्रस्तावित व्यवस्था परिमार्जन गरेर मात्रै पारित गरिने स्पष्ट पारे।

महामन्त्री शर्माले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसको प्रयोग गरिमा र मर्यादाको सन्दर्भमा बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077