Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सामान्य अंकले घट्यो नेप्से, ७ अर्ब ९२ करोडको कारोबार

सामान्य अंकले घट्यो नेप्से, ७ अर्ब ९२ करोडको कारोबार

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा अडिएको हो।

यसदिन ३०२ स्क्रिप्सको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर ७ अर्ब ९२ करोड १३ लाख ९८२ रुपैयाँमा खरिदबिक्री भयो ।

सामान्य अंकले घटेको बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

मातृभूमि लघुवित्त वित्तीय संस्था,कुमारी सवल योजना,गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको हो।

कारोबारमा आएकामध्ये ७६ वटा स्टक्सको मात्रै मूल्य बढ्यो। १६२ वटा स्टक्सको मूल्य घट्दा ६ वटाको स्थिर रह्यो।

तीनवटा समूहको उपसूचक बढ्दा बाँकी १० वटाको सूचक नकारात्मक देखिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077