Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अमेरिकालाई चीनको चेतावनी - गलत कदमहरू सच्याउनू

अमेरिकालाई चीनको चेतावनी - गलत कदमहरू सच्याउनू

बिहिवार , फाल्गुण १, २०८१

एजेन्सी । चीनले संयुक्त राज्य अमेरिकालाई ‘गलत कदमहरू’ सच्याउन चेतावनी दिएको छ । चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङकियानले अमेरिकालाई आफ्ना गलत कामहरू सच्याउन आग्रह गरेका हुन् ।

“आफ्नो शून्य–योग मानसिकता त्याग्न, आफ्ना गलत कामहरू सच्याउन, बहुपक्षीय व्यापार प्रणालीको सही मार्गमा फर्कन र अन्य देशहरूसँग समान स्तरमा परामर्शको माध्यमबाट सम्बन्धित चिन्ताहरू सम्बोधन गर्न काम गर्न चीनले अमेरिकासँग आग्रह गर्दछ,” उनले भने ।

पत्रकार सम्मेलनमा प्रवक्ता योङकियानलाई स्टिल र आलुमनियमको आयातमा अमेरिकी कर वृद्धिबारे प्रश्न सोधिएको थियो ।

वास्तवमा, विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) को एक समितिले सन् २०२२ को सुरुमा नै अमेरिकी करवृद्धिले डब्ल्युटिओ नियमको धारा २३२ उल्लङ्घन गरेको फैसला सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077