Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न तयार भयो हमास

इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न तयार भयो हमास

शुक्रवार , फाल्गुण २, २०८१

एजेन्सी । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँग गाजामा भएको युद्धविराम सम्झौता अनुसार बन्धक रिहा गर्ने भएको छ ।

हमासले सम्झौता कार्यान्वयनतर्फ आफू प्रतिबद्ध रही समयमै बन्धकहरू रिहा गर्ने बताएको हो ।

इजरायलले भोलि शनिवारसम्ममा हमासले बन्धकहरूलाई फिर्ता नगरे युद्धविराम समाप्त हुने चेतावनी दिएपछि सम्झौताअनुसार बन्धक रिहा हुने भएको बताइएको छ ।

यसअघि इजरायलले सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै हमासले बन्दी रिहाइ नगर्ने चेतावनी दिएको थियो ।

तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले बन्धक रिहा नगरे गाजामा युद्धविराम भङ्ग हुने र लडाइँ चर्कने चेतावनी दिएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमासले सबै बन्धक रिहा नगरे युद्धविराम अन्त्यको घोषणा गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077