Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

बालुवाटारमा सत्ता पक्षीय दलको बैठक जारी

बालुवाटारमा सत्ता पक्षीय दलको बैठक जारी

शनिवार , फाल्गुण ३, २०८१

काठमाडौं । सत्तापक्षका दलहरूको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष दलहरूको बैठक सुरु भएको हो।

ठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूबारे छलफल हुने बताइएको छ। सरकारले ल्याएको अध्यादेश संसदमा निर्णयार्थ प्रस्तुत हुन सकेको छैन।

जनता समाजवादी पार्टी नेपालले भूमीसम्बन्धी अध्यादेशबाहेकका अध्यादेशमात्रै स्विकृत गर्न सक्ने निर्णय गरेपछि सत्तापक्ष दलहरू विकल्पबारे छलफल गरिरहेका छन्।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी छन्।

प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। त्यसअघि अध्यादेशबारे छलफल गर्न सत्तापक्ष दलहरूको बैठक बसेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077