Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

शनिवार , फाल्गुण ३, २०८१

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई थप उपचारको लागि काठमाडौं ल्याईएको हो ।

पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उनीहरू घाइते भएका थिए । लगत्तै उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

अर्थमन्त्री पौडेल निकट स्रोतका अनुसार उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077