काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले गिरिबन्धु टीइस्टेटबाट प्रधानमन्त्री केपी शर्मा ओलीले चार अर्बको ब्रेकफास्ट खाएको आरोप लगाएका छन् ।
नेकपा एस बागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन्।
वरिष्ठ उपाध्यक्ष पाण्डेले भने,‘गिरिबन्धु टी–इस्टेटको कुरा सुन्नुभएछ । ०२१ सालमा भूमिसुधार ऐन आउँदा त्यो चिया बगान भनेर राज्यले छोडेको हो। आज बिर्तामोडको जमिन जो कट्ठाको २ करोडभन्दा बढी पर्छ । गिरिबन्धु भ्रष्टाचारको ठुलो नमुना हो।’
गिरिबन्धु जग्गा सट्टाभर्नामा अर्बौँ रुपैयाँ बाँडिसकेका उनले दाबी गरे। उनले ४ अर्ब त प्रधानमन्त्री ज्युले ब्रेकफास्ट गरेको बताए ।