Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

भ्रष्टाचार नियन्त्रण गर्न नसकेसम्म मुलुक समृद्ध हुँदैन : प्रचण्ड

भ्रष्टाचार नियन्त्रण गर्न नसकेसम्म मुलुक समृद्ध हुँदैन : प्रचण्ड

शनिवार , फाल्गुण ३, २०८१

हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचार नियन्त्रण गर्न नसकेसम्म मुलुक समृद्ध नहुने बताएका छन् ।

मकवानपुरको वाग्मती गाउँपालिकास्थित शहीद स्मृति रंगशालामा सातौं वाग्मती गोल्डकप फुटबल प्रतियोगिता उद‍्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले जबसम्म मुलुकका भ्रष्टाचारीहरुलाई कानुनी कठघरामा उभ्याउन सकिँदैन तबसम्म मुलुक समृद्ध हुन नसक्ने बताए ।

अध्यक्ष प्रचण्डले भने,'भ्रष्टाचारीहरु जहाँ जुन अवस्थामा छन् तिनीहरुलाई जनताकै बलले ठेगान लगाउनु पर्छ। '

उनले सुशासनको पक्षमा र भ्रष्टाचारीहरुको विरुद्धमा माओवादीले सञ्चालन गरेको अभियानमा सबै जोडिन आग्रह गरे ।

भ्रष्टाचारीलाई तह नलगाएसम्म समाजमा विकृति र विभेद कायम रहिरहने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077