Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

झापा पुगेर प्रचण्डको आरोप - संघीयता मन नपरेपछि ओलीले संविधान च्यात्न खोजे

झापा पुगेर प्रचण्डको आरोप - संघीयता मन नपरेपछि ओलीले संविधान च्यात्न खोजे

शनिवार , फाल्गुण ३, २०८१

झापा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान च्यात्न खोजेको आरोप लगाएका छन् ।

शनिबार झापाको दमकमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

उनले अहिलेको प्रधानमन्त्री केपी ओलीलाई संघीयता, समावेशी, समानुपातिक प्रणाली मन नपरेको भन्दै ओलीले संविधान च्यात्न खोजेको आरोप लगाए । उनले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताए ।

आफूले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ संकल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेन्डालाई लिएर देशव्यापी अभियान थालेको समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077