Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

प्रधानमन्त्री ओली संसद् विघटन गर्ने गृहकार्यमा लागेको वर्षमानको आरोप

प्रधानमन्त्री ओली संसद् विघटन गर्ने गृहकार्यमा लागेको वर्षमानको आरोप

शनिवार , फाल्गुण ३, २०८१

भोजपुर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन 'अनन्त'ले प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गर्ने गृहकार्यमा लागेको आरोप लगाएका छन् ।

माओवादी केन्द्र भोजपुरको अरुण गाउँपालिकाको दोस्रो अधिवेशनको शनिबार उद्‍घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले कुनै पनि बेला संसद भंग गरेर मध्यावधि निर्वाचन घोषणाको गृहकार्यमा रहेको आरोप लगाए ।
पुनले ओलीबाट लोकतान्त्रिक प्रणाली र लोकतन्त्रमाथि जहिले पनि खतरा रहेको बताए।

पुनले प्रमुख सत्तारुढ घटक कांग्रेस नेताहरूलाई ओलीको सम्भावित अलोकतान्त्रिक कदमप्रति सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077