Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

विचाराधीन विधेयकलाई सदनबाट अगाडि बढाउने प्रमुख सचेतकहरूको निर्णय

विचाराधीन विधेयकलाई सदनबाट अगाडि बढाउने प्रमुख सचेतकहरूको निर्णय

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठकले दुवै सदनमा विचाराधीन अवस्थामा रहेका विधेयकहरूलाई अगाडि बढाउने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्ता पक्षीय प्रमुख सचेतकको बैठकले उक्त विधेयकहरूलाई चाँडै निष्कर्शमा पुर्‍याउने निर्णय गरेको हो।

बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुवै सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने,शिक्षा र संघीय निजामति कर्मचारी विधेयक यही अधिवशेनबाट पारित गर्नपर्ने निर्णय भएको बताए।

दुवै सदनले विचाराधीन विधेकहरूलाई विधिवतरुपमा आ-आफ्नो ठाउँबाट राफसाफ गरेर अर्को हाउसमा पठाउने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077