Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

प्रधानमन्त्री ओलीविरुद्धको मुद्धा न्यायाधीशद्वय सुवेदी र पाण्डेयको इजलासमा

प्रधानमन्त्री ओलीविरुद्धको मुद्धा न्यायाधीशद्वय सुवेदी र पाण्डेयको इजलासमा

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अवहेलना सम्बन्धी मुद्धा न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ।

सर्वोच्चमा दर्ता भएको अदालतको अवहेलना सम्बन्धी निवेदनको पेसी न्यायाधीशद्वय सुवेदी र पाण्डेयको इजलासमा परेको हो।

अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टीइस्टेट्स सम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग सहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए।

गिरीबन्धुको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा उल्टै अवरोध भएको दाबी अधिवक्ता अर्यालको छ ।

२४ माघ २०८० मा सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरीबन्धु सम्बन्धी मुद्दाको फैसला गरेको थियो । त्यतिबेला सर्वोच्च अदालतले जग्गासँग सम्बन्धित तीनवटा आदेश जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077