Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

ओलीलाई वर्षमानको प्रश्न - अध्यादेश ल्याएर संसद्लाई किन होच्याएको ?

ओलीलाई वर्षमानको प्रश्न - अध्यादेश ल्याएर संसद्लाई किन होच्याएको ?

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् वर्षमान पुनले अध्यादेश ल्याएर संसद्लाई किन होच्याएको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद् पुनले उक्त प्रश्न गरेका हुन् ।

सांसद पुनले ‘अध्यादेशलाई ल्याएर संरद्लाई किन होच्याएको ?’ भनेर प्रश्न गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सेवा सुविधामा सहज गराउन सरकारले अध्यादेश ल्याएको दाबी गरे।

प्रधानमन्त्री ओलीले २०८० वैशाख २० गते सम्झन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने,‘२०८० वैशाख २० गते सम्झन आग्रह गर्छु । त्यतिबेला संसद् सुरु हुनुभन्दा ४ दिन अघि अध्यादेश ल्याएको थियो । अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने बेग्लै कुरा हो।’

आवश्यक पर्दा सरकारले अध्यादेश ल्याउने कुरा संविधानले नै व्यवस्था गरेको उनले जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077