Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणा र कतारका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र कतारका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीबीच भेटवार्ता भएको छ ।

ओमनको राजधानी मस्कटमा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो। परराष्ट्रमन्त्री राणा आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कट पुगेकी थिइन्।

सो भेटका क्रममा उनीहरूबीच नेपाल कतारबीचको सम्बन्ध,द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्ति लगायतका विषयमा कुराकानी भएको थियो ।

त्यस अवसरमा मन्त्री राणाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा जोशीको रिहाइका लागि सहयोग गरिदिन मन्त्री मुराइखीसँग आग्रह गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077