Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सत्ता गठबन्धनप्रति कसैले शंका गर्नु पर्दैन : प्रधानमन्त्री ओली

सत्ता गठबन्धनप्रति कसैले शंका गर्नु पर्दैन : प्रधानमन्त्री ओली

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनमा उच्च विश्वास र समझदारी रहेको बताएका छन् ।

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘विकास, समृद्धि र स्थिरताका लागि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेका दुई ठूला राजनीतिक दलहरूसहित अन्य दलहरू मिलेर वर्तमान सरकारको गठन गरिएको हो । गठबन्धनमा रहेका दलहरूबीच मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने विषयमा सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरुरी छैन । हामीबीच उच्च विश्वास र समझदारी रहेको छ ।’

उनले गठबन्धनमा रहेका दलहरूबीच कुनै शंका उपशंका गर्न जरुरी नभएको बताए।

उनले दुई दलबीच उच्च विश्वास र समझदारी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077