Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

२९ अंकले नेप्से बढ्दा १० अर्ब ४ करोडको सेयर किनबेच

२९ अंकले नेप्से बढ्दा १० अर्ब ४ करोडको सेयर किनबेच

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ।

नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्ड‍ेक्स ६.२७ अंकले बढेर ४५९.६९ विन्दुमा अडिएको छ।

आज ३०२ स्क्रिप्सक १ करोड ८० लाख ८१ हजार १६९ कित्ता सेयर १० अर्ब ४ करोड ९६ लाख ५४ हजार ८३२ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा अडिएको थियो।

सो दिन ३०९ स्क्रिप्सको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता सेयर ९ अर्ब ४७ करोड ३ लाख ८ हजार २६६ रुपैयाँमा खरिदबिक्री भएको थियो।

परिसूचक दोहोरो अंकले बढ्दा सो दिन ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

आज नेप्से परिसूचक दोहोरो अंकले बढ्दा आधा दर्जन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077