Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कतारका अमिरलाई स्वागत गर्न विमानस्थलमा पुगे मोदी

कतारका अमिरलाई स्वागत गर्न विमानस्थलमा पुगे मोदी

मंगलवार , फाल्गुण ६, २०८१

एजेन्सी । कतारी अमीर शेख तमिम बिन हमद अलथानी भारत पुगेका छन्।

अलथानीलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं नयाँ दिल्ली विमानस्थलमा पुगेका हुन् ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मा लेखेका छन्, 'मेरो भाइ कतारका अमीर शेख तमिम बिन हमद अल-थानीलाई स्वागत गर्न विमानस्थलमा गएको थिएँ। मलाई आशा छ उनको भारत भ्रमण सफल हुनेछ। म मंगलबारको बैठकको बारेमा उत्साहित छु।'

त्यस्तै भारतका विदेशमन्त्री एस. जयशंकरले इन्स्टाग्राममा कतारका अमीर शेख तमिम बिन हमद अल-थानी भारत भ्रमणमा आइपुगेका जनाएका छन्।

भारतीय विदेश मन्त्रालयका अनुसार कतारका अमीर शेख तमिम बिन हमद अल-थानी फेब्रुअरी १७ र १८ मा भारतको भ्रमणमा रहने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077