Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

साउदी अरेबियामा रुस र अमेरिकाबीच वार्ता, युक्रेन अनुपस्थित !

साउदी अरेबियामा रुस र अमेरिकाबीच वार्ता, युक्रेन अनुपस्थित !

बुधवार , फाल्गुण ७, २०८१

एजेन्सी । युक्रेन युद्ध रोक्नो विषयमा रुस र संयुक्त राज्य अमेरिकाबीच पहिलो चरणको वार्ता सकिएको छ । साउदी अरबको रियादमा भएको बैठकमा युक्रेन भने उपस्थित नभएको हो ।

साढे ४ घण्टासम्म चलेको यस बैठकमा रुस र अमेरिकाले सबैभन्दा पहिले आफ्नो आपसी सम्बन्ध सुधार गर्न पहल गरेको जनाइएको छ ।

दुवै देशले सकेसम्म चाँडो आआफ्ना दूतावासहरू सुरु गर्ने सहमति भएको छ। दुई देशबीच तनावको अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले दूतावासमा कर्मचारी राख्ने जनाइएको छ।

युक्रेन युद्ध सुरु भएपछि दुवै देशले दूतावासबाट कर्मचारीहरूलाई निकाला गरेका थिए। दूतावास लगभग तीन वर्षदेखि बन्द थिए।

युक्रेन मुद्दामा शान्ति सम्झौताको लागि दुवै देशले टोली गठन गर्नेछन्। यी टोलीहरूले निरन्तर अन्तरक्रिया गर्नेछन्। अमेरिकाले बैठकको उद्देश्य युद्धलाई स्थायी रूपमा अन्त्य गर्नु रहेको बताएको छ।

अमेरिकाले शान्ति पुनर्स्थापनाको प्रयासमा युक्रेन र युरोपलाई पनि कुनै न कुनै रूपमा समावेश गरिने बताएको छ। अमेरिकाले युद्धबाट प्रभावित हरेक पक्षलाई स्वीकार्य हुने समाधान खोज्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077