Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाललाई दिँदै आएको सहायताबारे ट्रम्पले भने - दिस इज फ्रड !

नेपाललाई दिँदै आएको सहायताबारे ट्रम्पले भने - दिस इज फ्रड !

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले नेपाललाई दिँदै आएको सहायता फ्रड भएको बताएका छन्।

नेपालमा वित्तीय संघीयताका लागि अमेरिकाले दिएको २ करोड अमेरिकी डलरलाई अमेरिकी राष्ट्रपति ट्रम्पले ठगीको संज्ञा दिएका हुन्।

जनवरी २० मा राष्ट्रपतिको शपथ लिएलगत्तै ट्रम्पले कयौँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

यी आदेशमध्ये केही वैदेशिक अनुदान रोक्नेबारे थियो। केही दिनअघि मात्रै मस्कको नेतृत्वको प्रशासनिक दक्षता विभाग (डज)ले नेपाल, भारत, बंगलादेश लगायत विश्वका कयौँ देशलाई अनेक शीर्षकमा दिँदै आएको सहायता रोकेको घोषणा गरेको थियो ।

यस क्रममा डजले नेपाललाई जैविक विविधता संरक्षण गर्न र वित्तीय संघीयताका लागि दिँदै आएको रकम रोकेको थियो ।

यसैबिच ट्रम्पले नेपाललाई दिँदै आएको रकम रोक्का गर्नुको कारण खुलाएका छन्।

अनेक शीर्षकमा दिँदै आएका यी रकमलाई उनले ठगी भनेका छन् । नेपालको नाम र नेपालको वित्तिय संघीयतालाई दिइएको रकम उल्लेख गरेर ट्रम्पले भने, ‘दिस इज फ्रड !’

डजले वित्तीय संघीयताका लागि दिँदै आएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि दिँदै आएको १ करोड ९० लाखसहित ३ करोड ९० लाख अर्थात् नेपाली झण्डै ५ अर्ब ४३ करोड रुपैयाँ रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077