एजेन्सी । भारतको केन्द्रीय राजधानी रहेको दिल्लीको मुख्यमन्त्री रेखा गुप्ता हुने भएकी छन्।
उनको शपथ ग्रहण आज दिउँसो पौने १ बजे रामलिला मैदानमा हुनेछ।
२७ वर्षपछि सत्तामा फर्किएको भाजाले कुल ७० सिटमध्ये ४८ सिट जितेको छ।
बुधबार साँझ बसेको दिल्लीको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।