Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कांग्रेससँगको सहकार्य ०८४ को चुनावसम्मै जान्छ : शंकर पोखरल

कांग्रेससँगको सहकार्य ०८४ को चुनावसम्मै जान्छ : शंकर पोखरल

शनिवार , फाल्गुण १७, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरलले कांग्रेससँगको सहकार्य ०८४ को चुनावसम्मै जाने दाबी गरेका छन् ।

नेपाल राष्ट्रिय होटेल व्यवसायी संघको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरलले सो कुरा बताएका हुन्।

सत्तामा सहकार्य गरे पनि निर्वाचनमा एक्लाएक्लै जाने र त्यसपछिको सरकार जनमतले दिएको निर्देशनअनुसार हुने उनको भनाइ छ ।

उनले कसैले चाहँदैमा एमाले–कांग्रेसको सहयात्रा नटुट्ने बताए । साना दलले पटकपटक राजनीतिक अस्थिरता निम्त्याएर मुलुकको विकासमा बाधा पारेपछि एमाले–कांग्रेस मिल्न बाध्य भएको महासचिव पोखरेलले बताए ।

अहिलेको सत्ता सहकार्यको मुख्य कारण अस्थिरता समाप्त गर्ने रहेको भन्दै उनले राजनीतिक धुव्रीकरणका माध्यमबाट मुलुकमा स्थायी सरकारको निर्माण सुनिश्चित गर्नुपर्ने मान्यताको पक्षमा दुई पार्टी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077