Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

देश विकासमा एमाले बाधक बनेको पूर्वप्रधानमन्त्री नेपालको आरोप

देश विकासमा एमाले बाधक बनेको पूर्वप्रधानमन्त्री नेपालको आरोप

शनिवार , फाल्गुण १७, २०८१

कपिलवस्तु । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेका नीति, कार्यक्रम मुलुकको विकासका लागि बाधक रहेको आरोप लगाएका छन् ।

एकीकृत समाजवादी पार्टीको ११ औं जिल्ला अधिवेशनका अवसरमा मायादेवी गाउँपालिकाको पकडीमा बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले एमालेमा अहंकारी र घमण्डी प्रवृत्ति हाबी हुँदा मुलुकले विकासको गति पाउन नसकेको बताए ।

'एमालेमा दक्षिणपन्थी र व्यक्तिवादी प्रवृत्ति हाबी छ,' उनले भने, 'त्यसैले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त छ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077