मोरङ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सत्ताबाट हटेपछि बर्बराउँदै हिँडेको आरोप लगाएका छन् ।
एमाले मोरङको १० औं जिल्ला अधिवेशनको शनिबार विराटनगरमा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवालीले यस्तो आरोप लगाएका हुन् ।
उनले सत्तामा हुँदासम्म केही नगर्ने अनि सत्ताबाट हटेपछि बर्बराउँदै हिँड्ने प्रचण्डको बानी रहेको बताए ।
उनले भने ‘सत्ताबाट हटेपछि उहाँ बर्बराउँदै हिँड्नु भएको छ। केराको पातको याद आएको छ। मर्निङवाक गर्नुपरेको छ।’ यस्तै पहिचानका नाममा कोशी प्रदेशमा जातीय हिंसा बढाउने काममा प्रचण्ड लागि परेको आरोप लगाए ।