Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

जसपा नेपालको केन्द्रीय समिति बैठक आजबाट

जसपा नेपालको केन्द्रीय समिति बैठक आजबाट

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक आजदेखि सुरु हुने भएको छ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुने सुरु हुन लागेको हो ।

मंगलबारसम्म चल्ने बैठकमा गत भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ ।

यस्तै, पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायत एजेण्डामा पनि बैठक केन्द्रित रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077