Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

मधेसी जनताको मुक्तिका लागि माओवादीले ठूलो बलिदान गरेको छ : प्रचण्ड

मधेसी जनताको मुक्तिका लागि माओवादीले ठूलो बलिदान गरेको छ : प्रचण्ड

आइतवार , फाल्गुण १८, २०८१

धनुषा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेसी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको बताएका छन् ।

धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा उनले यस्तो बताएका हुन् । उनले मधेसी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबैभन्दा बढी त्याग माओवादीले गरेको बताए ।

महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु लगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं सहिदले बलिदान गरेको र मधेसी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेसी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको उनले उल्लेख गरे।

मधेसी जनताको मुक्तिका लागि यति ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077