Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कांग्रेस र एमालेसँग मिल्दा माओवादीभित्र रोग सर्‍यो : प्रचण्ड

कांग्रेस र एमालेसँग मिल्दा माओवादीभित्र रोग सर्‍यो : प्रचण्ड

आइतवार , फाल्गुण १८, २०८१

धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेस र एमालेसँग सहकार्य गर्दागर्दै उनीहरूको रोग माओवादीभित्र पनि देखिन थालेको बताएका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पुराना दलको सहकार्यले उनीहरु भित्रको रोग माओवादीमा पनि संक्रमण भएकाले रोगको उपचार खोज्न जनताको बिचमा आएको बताए ।

कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दागर्दै उनीहरूको रोग माओवादीभित्र पनि देखिन थालेकाले पार्टीभित्र विभिन्न तहका परामर्श बैठकबाट रोग पहिचान गरेर यसको उपचार गर्ने डाक्टर जनता मात्रै हुन भन्ने निष्कर्षसहित उपचार खोज्न जनताको बिचमा आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077