Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

अखिल क्रान्तिकारीबाट शंकरदेव क्याम्पसमा प्याकुरेलले सभापतिका लागि उम्मेदवारी दिने

अखिल क्रान्तिकारीबाट शंकरदेव क्याम्पसमा प्याकुरेलले सभापतिका लागि उम्मेदवारी दिने

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट शंकरदेव क्याम्पसमा हरिशंकर प्याकुरेल 'शंकर'ले सभापतिका लागि उम्मेदवार दिने भएका छन् ।

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शंकरदेव क्याम्पसबाट प्याकुरेले सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

अखिल क्रान्तिकारीले शंकरलाई सभापति पदका लागि उम्मेदवार बनाएको छ। कालिकोटको पलाता गाउँपालिका घर भएका प्याकुरेल लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन्।

प्याकुरेलले पारदर्शिता, सुलभ शिक्षा, र विद्यार्थी हकहित लाई आफ्नो प्रमुख एजेन्डा बनाउने बताए। अन्य विद्यार्थी संगठनहरूले पनि आफ्ना उम्मेदवार घोषणा गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077