Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कांग्रेस नेता केसी भन्छन् - प्रधानमन्त्रीले सोझै जनतालाई झुक्याइरहेका छन्

कांग्रेस नेता केसी भन्छन् - प्रधानमन्त्रीले सोझै जनतालाई झुक्याइरहेका छन्

मंगलवार , फाल्गुण २०, २०८१

बुटवल । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले नै सोझै जनतालाई झुक्याइरहेको आरोप लगाएका छन् । प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको कार्यक्रममा बोल्दै नेता केसीले सो कुरा बताएका हुन् ।

उनले संविधान संशोधनका लागि सर्वदलीय समिति बनाएर सहमति खोज्नुपर्ने बताए । संसद भित्र रहेका दलहरु मात्र नभइ संसद बाहिर रहेका दल समेतलाई समेटेर सर्वदलीय समितिमा व्यापक छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने नेता केसीको भनाई छ।

उनले २०८७ सालमा संविधान संशोधन गर्छौं भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ जनतालाई सोझै झुक्याउने कुरा भएको टिप्पणी गर्दै अहिल्यैबाट प्रक्रिया थाल्नुपर्ने बताए ।

नेता केसीले भने,‘२०८७ मा संविधान संशोधन गर्छौ भन्नु सोझै जनता झुक्याउने विषय हो, सरकार बनाउँदा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिविपरीत पनि हो । संविधान संशोधनका लागि अहिल्यैबाट प्रक्रिया थाल्नुपर्छ, पहिला सत्तारुढ दलभित्र पनि छलफल हुनुपर्छ त्यसपछि संसदभित्र रहेका र संसद बाहिर रहेका दलहरुपनि समेटेर सर्वदलीय समिति बनाएर व्यापक छलफलबाट निचोड निकाल्नुपर्छ ।’

नेता केसीले सरकारले ७ बुँदे सहमति अनुसार प्रभावकारी ढंगले काम गर्न नसकेको र सरकारमा कांग्रेसको अनुहार कमजोर देखिएको टिप्पणी गरे। उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र हालको समानुपातिक प्रणालीको पनि विकल्पमा जानुपर्ने बताए ।

संसदको पहिलो र दोस्रो ठूलो दलको सरकार बन्दा पनि नागरिकमा निराशा र असन्तुष्टि कायमै रहेको उनको भनाई छ । नेता केसीले मुलुकमा सुशासन कायम नहुनु र भ्रष्टाचार व्याप्त हुनु मुख्य कारण भएको औंल्याए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077