Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसद्धारा ह्विप जारी

संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसद्धारा ह्विप जारी

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं । नेपाली कांग्रेसले भोलि बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई ह्विप जारी गरेको छ ।

कांग्रेसले अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरिएको हो।

बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ।

सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि भोलि संसद्‌मा पेस गर्दैछ।

जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लाने भएको छ।

सरकारले जारी गरेका ६ अध्यादेश मध्ये भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेश अगाडि बढाउन सत्तारुढ दलहरूबिच सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077