काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंनै भएको दाबी गरेका छन् ।
बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अहिले पनि कानूनीरुपमा काठमाडौंको प्रमुख प्रशासकीय अधिकृत गुरागाईंनै भएको दाबी गरेका हुन् ।
त्यसैले एउटै स्थानीय तहमा सामान्य प्रशासन मन्त्रालयले दुईजना प्रमुख प्रशासकीय अधिकृत पठाउँन नमिल्ने उनले बताए । गुरागाईंले काठमाडौं बस पार्क क्षेत्रमा टावर बनाउन अवैध रूपमा अनुमति दिएको आरोप लगाउँदै मेयर बालेन शाहको सचिवालयले छानबिन समिति गठन गरेको थियो ।
सो समितिले अनुसन्धानपछि गुरागाईं दोषी नरहेको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो । तर, मेयर साहले उक्त प्रतिवेदन अस्वीकार गरेपछि विवाद अझै बल्झिएको थियो ।
बस्नेतले लेखेका छन्, 'अहिले पनि कानूनीरुपमा काठमाडौंको प्रमुख प्रशासकीय अधिकृत गुरागाईंनै हुन् । त्यसैले एउटै स्थानीय तहमा सामान्य प्रशासन मन्त्रालयले दुईजना प्रमुख प्रशासकीय अधिकृत पठाउँन मिल्दैन ।'
साथै नेता बस्नेतले काम नगरी भन्दा फेसबुकमा सरकारलाई सरापेकै भरमा जनतालाई भ्रममा पार्न गरेको आरोप लगाए । 'अहिले बालेनले प्रधानमन्री जे–जति घोचपेच गरेर कोलाहाल र हाहाकार गरेपनि सत्य यहीं हो,' उनले भने, 'काम नगरी भन्दा फेसबुकमा सरकारलाई सरापेकै भरमा नागरिकको दिलरदिमाग भुट्न र जनतालाई भ्रममा पार्न सकिने भएपछि कसले, किन केही काम गरोस् ?
साथै उनले बालेन्द्र साह र रवि लामिछानेले देश बनाउने नारा लगाएर देश बर्बाद गराउने प्रवृत्ति हुर्काइरहेको आरोप लगाए । 'बालेन्द्र र रवि लामिछानेहरुले हुर्काउन खोजेको यो प्रवृत्ति देश बनाउने नारा लगाएर देश बर्बाद गराउने तिर केन्द्रित छ,' उनले उल्लेख गरेका छन् ।