Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

ऐश्वर्य बहुमुखी क्याम्पसमा दिपेन्द्रलाई उम्मेदवार बनाउने अनेरास्ववियुको निर्णय

ऐश्वर्य बहुमुखी क्याम्पसमा दिपेन्द्रलाई उम्मेदवार बनाउने अनेरास्ववियुको निर्णय

बुधवार , फाल्गुण २१, २०८१

धनगढी । ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिका लागि अनेरास्ववियुले दिपेन्द्र भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मंगलबार बसेको अनेरास्ववियुको क्याम्पस कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको संयुक्त बैठकले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा भट्टलाई सभापति पदको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

उनी वर्तमान स्ववियु सचिव पनि हुन् । त्यस्तै, स्ववियु सचिव पदका लागि वर्तमान स्ववियु सदस्य तथा अनेरास्ववियु ऐश्वर्य बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष प्रदीप खड्कालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

यस निर्णयसँगै अनेरास्ववियुले ऐश्वर्य बहुमुखी क्याम्पसमा आफ्नो संगठनलाई थप बलियो बनाउने उद्देश्य लिएको छ। अनेरास्ववियुका नेताहरूले विद्यार्थीहरूलाई चैत ५ गतेको निर्वाचनमा सहभागी भई योग्य नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077