Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रतिनिधि सभा बैठकअघि सिंहदरबारमा विपक्षी दलहरूको बैठक

प्रतिनिधि सभा बैठकअघि सिंहदरबारमा विपक्षी दलहरूको बैठक

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठकअघि विपक्षी दलहरूको बैठक बसेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक सुरु भएको हो।

सरकारले स्वीकृतिका लागि पेस गर्न लागेको अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बसेको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा विपक्षी दलहरूको बैठक बसेको हो।

सरकारले बुधबारको प्रतिनिधि सभा बैठकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश संसद बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयको तयारी छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई संसदको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077