Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कुलमान घिसिङलाई हटाउन कुनै चलखेल गरेको छैन : ऊर्जामन्त्री खड्का

कुलमान घिसिङलाई हटाउन कुनै चलखेल गरेको छैन : ऊर्जामन्त्री खड्का

बुधवार , फाल्गुण २१, २०८१

तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन्।

तनहुँ पुगेका ऊर्जामन्त्री खड्काले सो कुरा बताएका हुन् । उनले एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगर्ने दाबी पनि गरे ।

ऊर्जामन्त्री खड्काले भने,‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ।’

उनले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्‍याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गरे। कुलमानलाई भएको मूल्याकंनबारे बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले पनि प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077