Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

संसद्लाई राजनीतिक कुण्ठा व्यक्त गर्ने थलो नबनाऔं : अर्थमन्त्री पौडेल

संसद्लाई राजनीतिक कुण्ठा व्यक्त गर्ने थलो नबनाऔं : अर्थमन्त्री पौडेल

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्लाई कुण्ठा व्यक्त गर्ने थलो नबनाउन आग्रह गरेका छन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।

अर्थमन्त्री पौडेलले भने,‘सदनलाई कुण्ठा व्यक्त गर्ने थलो बनाउन हुँदैन । विचार व्यक्त गर्ने थलो बनाउनुपर्छ । म आग्रह गर्छु, यो कुण्ठा व्यक्त गर्ने थलो नबनाऔं यसलाई।’

सरकारले अध्यादेश ल्याउनु कुनै स्वेच्छाकारी र निरंकुशतातर्फको यात्रा नभएको जिकिर गरे।

प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने क्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077