Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राजतन्त्र व्युँताउने कुरा गर्नु स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली

राजतन्त्र व्युँताउने कुरा गर्नु स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ब्युँताउने कुरा स्वीकार्य नहुने बताएका छन्।

मानव अधिकार रक्षकहरूको पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले जनताको अधिकारका लागि लागेकालाई मुत्युदण्ड दिने त्यस्ता शासकका पक्षधरहरुले राजतन्त्र व्युँताउने कुरा गर्नु स्वीकार्य नभएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘जनताको अधिकारका लागि लागेकालाई मुत्युदण्ड दिने त्यस्ता शासकका पक्षधरहरूले राजतन्त्र ब्युँताउने कुरा गर्नु स्वीकार्य छैन।’

उनले लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका शहीदहरूको त्याग र बलिदानबाट आज मुलुकमा मानव अधिकार सुनिश्चितताको स्थिति भएको उल्लेख गरे।

आफूले कठोर जेल यातना भोगेकाले अहिलेको सरकारको पहिलो कर्तव्य मानव अधिकारको रक्षा हुने स्पष्ट गर्दै उनले विश्वयुद्ध प्रारम्भ हुँदाताका नै नेपालमा मानव अधिकारको अभियान प्रारम्भ भएको बताए।

कागजमा लेखिएको मानव अधिकारले खान र लाउन नदिने भएकाले गरिबी र भोकमा तड्पिएका बालबालिका र सबैले खान र लाउन पाउने अधिकारका लागि आफूहरुले काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077