Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रतिनिधिसभाबाट पाँचवटा अध्यादेश स्वीकृत

प्रतिनिधिसभाबाट पाँचवटा अध्यादेश स्वीकृत

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । सरकारले माघ १८ गते संसद्‌मा पेस गरेको ६ मध्ये पाँचवटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकबाट अध्यादेश बहुमतले स्वीकृत भएको हो ।

जसमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश छन् ।

त्यस्तै, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश छन् ।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा सत्तारूढ नै विभाजित हुनु र राष्ट्रियसभामा बहुमत पुग्ने अवस्था नहुँदा सरकार पछि हटेपछि यी अध्यादेश स्वीकृत भएको हो ।

भूमिसम्बन्धी अध्यादेशमा भने सत्तारूढबीच छलफल गरी निचोडमा पुग्ने तयारी रहेको बताइन्छ । अब अध्यादेश बिहीबारको राष्ट्रियसभा बैठकबाट स्वीकृत गर्ने तयारी छ । राष्ट्रियसभाको बैठक बिहीबार दिउँसो १ः१५ मा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077