Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् - हामी सबै मिलेर देश बनाउनु छ

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् - हामी सबै मिलेर देश बनाउनु छ

बिहिवार , फाल्गुण २२, २०८१

बर्दिवास । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सबै मिलेर देश बनाउनुपर्ने बताएका छन् ।

तराई मधेश जागरण अभियानको क्रममा मेयर बालेन साहको पुर्ख्यौली घरमा समेत पुगेका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले बालेनको घरमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदा रमाइलो महसुस भएको बताए। महोत्तरीको एकडारा गाउँपालिकाले भाडामा लिएको मेयर बालेनको पुर्ख्यौली घरमा स्वागत कार्यक्रम राखेको थियो।

अध्यक्ष प्रचण्डले भने, ‘बालेन साहको पुर्ख्यौली, उहाँको बा लगायत काकाहरुको घरमा, हामी आइपुगेका छौं । यो पनि एउटा रमाइलो महसुस भाछ । बालेन जीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर यो देश बनाउनु छ।’

समावेशी, समानुपातिक जस्ता उपलब्धि हासिल गर्न नेकपा माओवादी केन्द्रकै भूमिका रहेको भन्दै प्रचण्डले एकथरि मानिस ती उपलब्धि उल्ट्याउने प्रयासमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077