काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय पार्टी बनेको बताएका छन्।
कांग्रेसनिकट भूपू सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।
उनले कांग्रेस बलियो भएमात्रै मुलुकले समृद्धि पाउने बताए।
सभापति देउवाले भने, ‘सबैको मायाले कांग्रेस जनताको लोकप्रिय पार्टी बनेको छ। लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुरक्षित हुन्छ। त्यसैले पार्टीलाई बलियो बनाउनको लागि शुभेच्छुक संस्थाहरु बलियो हुनुपर्छ। कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुन्छ।’
उनले भारतिय सेनाको अग्निपथका बारेमा सरकारसँग कुरा चलिरहेको बताए।