Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ : ऊर्जामन्त्री खड्का

लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ : ऊर्जामन्त्री खड्का

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ऊर्जामन्त्री खड्काले सो कुरा बताएका हुन्।

ऊर्जामन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै एक जना व्यक्तिले मात्रै लोडसेडिङ अन्त्य गर्न नसक्ने बताए।

ऊर्जामन्त्री खड्काले भने,‘४ सय मेगावाट भारतलाई चाहिँदा चाहिँदा पनि हामीलाई ४५० मेगावाट खरिद गर्न दिनुभयो । त्यसका लागि म यही सदनबाट भन्न चाहन्छु लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ. उहाँ एक जना (कुलमान घिसिङ) व्यक्तिले मात्रै गरेको होइन । कार्यान्वयन पक्ष राम्रो गर्नुभयो होला । त्यसमा पनि छलफल गरौं । उहाँले राम्रो गरेको काममा कन्जुस्याइँ कहाँ गरौं भनेको छ र ।’

केपी शर्मा ओली प्रधानमन्त्री भएकै समयमा भारतबाट बिजुली खरिद गर्ने निर्णय भएको स्मरण गराउँदै मन्त्री खड्काले लोडसिडङको अन्त्य एकजना व्यक्तिले मात्रै नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077