Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

एमाले महासचिव पोखरेल भन्छन् - राजतन्त्रका नाममा मूल्यवान समय खेर नफालौं

एमाले महासचिव पोखरेल भन्छन् - राजतन्त्रका नाममा मूल्यवान समय खेर नफालौं

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

उनले गणतन्त्रको विकल्प नरहेको बताए। उनले अढाइ सय वर्षसम्म नेपाली जनताले राजतन्त्र भोगेको भन्दै अहिले राजा ल्याउने नाममा अमूल्य समय खेर नफाल्न आग्रह गरे।

महासचिव पोखरेलले भने,'गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्। तर, गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन। अढाइ सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो। जनआन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौं।'

नेपालमा पछिल्लो समय केही समूहहरू राजतन्त्र पुनस्स्थापनाको पक्षमा वकालत गरिरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले सडकमा प्रदर्शन समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077